सिटिजन्स बैंक पनि स्मार्ट बैंकिङमा

  २०७४ पुष २३ गते १४:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पनि मोबाइल बैंकिङलाई स्मार्ट बैंकिङमा विकसित गरेको छ । बैंकले पुस २३ गते आर्थात आजबाटै मोबाइल बैंकिङलाई इन्टरनेट बैंकिङमा विकसित गरेको बैंकका डेपुटी सिइओ गणेशराज पोखरेलले बताए । अब सिटिजन्स बैंकका मोबाइल बैंकिङका ग्राहकले सिटिजन्स स्मार्ट बैंकिङ एप डाउनलोड गरेर इन्टरनेट बैंकिङ सेवा उपयोग गर्न सक्नेछन् ।

यो प्रबिधीले विश्वका कुनै पनि कुनाबाट वाइफाई तथा जिपिआरएस प्रबिधि उपयोग गरेर मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । डेपुटी सिइओ पोखरेलका अनुसार इन्टरनेट बैंकिङद्धारा बैंकका उपभोक्ताले ५० हजारसम्म ट्रान्सफर गर्न सक्नेछन् । त्यसका अलवा रिचार्ज कार्ड, बिभिन्न फिल्म हलहरुको टिकट खरिद लगायतका काम गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.