सिटिन्जस बैंकले १ अर्बको म्युचल फण्ड निष्कासन गर्दै, माघ २ देखि बिक्री खुला

  २०७४ पुष २३ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो ।

यसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला हुने भएको हो ।
योजनाको अवधि ७ वर्ष रहेकोछ । फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुनेछ । फण्ड निष्कासन बन्द माघ १७ गते हुनेछ बैंकले जानकारी दिएको छ ।

न्युनतम १ सयदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन पाउने योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । अधिकतम साढे १२ करोड इकाईसम्म सकारिने सीबीआईएलले जनाएको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ ।

इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.