रसुवागढी, सान्जेन र मध्यभोटेकोसीको आईपीओमा लगानी गर्न लक्ष्मी र एनएमबी क्यापिटलले डीम्याट खोल्न बोलाए

  २०७४ पुष २३ गते १०:२०     विकासन्युज

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ३ जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) मा लगानी गर्न हितग्राही खाता (डीम्याट ) खोल्न बोलाएका छन् ।

रसुवागढी हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अर्बै रुपैयाँको आईपीओ निष्कासन हुन लागेको भन्दै एनएमबी र लक्ष्मीले डीम्याट खाता खोल्न अनुरोध भनेको हो ।

रसुवागढी, सान्जेनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । यस्तै मध्यभोटेकोसीले आईपीओका लागि आवेदन दिदैछ ।

लक्ष्मीले कर्मचारी संचय कोषका संचयकर्ता, निजामति कर्मचारी र सर्वसाधारणलाई डीम्याट खाता खोल्न जानकारी दिएको हो ।

लक्ष्मीले संचय कोषको ठमेलस्थित सपिङ कम्प्लेक्स भवनमा छुट्टै काउन्टर राखेर खाता खोल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
डीम्याट खाता खोल्न लक्ष्मीले सक्कल नागरिकता, संचय कोषका सञ्चयकर्ता र निजामती कर्मचारीको परिचयपत्र, पासपाृेर्ट साइजको फोटो र बैकको खाता नम्बर चाहिने लक्ष्मीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.