सय वर्षमा भएको विकास अगामी १० वर्षभित्र गर्न सकिने !

  २०७४ पुष २१ गते १७:०४     विकासन्युज

कागमाडौं । निजी क्षेत्रले आउदो दश वर्षभित्र गएको सय वर्षमा भए जति विकास गर्न सकिने बताएको छ । अहिले मुलुकलाई आर्थिक समृद्धीको दिशामा अघि बढाउन सुनौलो अवसर आएको भन्दै उद्योगी व्यवसायीहरुले सो अवसरलाई गुम्न नदिने हो भने गएको सय वर्षम गरिएको विकास आगामी दश बर्षभित्र गर्न सकिने दावी गरेका हुन्।

शुक्रबारदेखि काठमाडौं स्थित भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय हाइड्रो एक्स्पोमा भएकोकार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पछिल्लो समय मुलुकको विकासको लागि इतिहासमै सबैभन्दा बढी अवसर आएको बताए । ‘ती अवसरलाई गुम्न नदिने हो भने गएको सय वर्षमा भएको विकास आगामी दश वर्षभित्र गर्न सकिन्छ,’ उनले भने ‘त्यसको लागि निजी तथा अन्तर्राष्ट्रिय लगानी मुलुकमा भित्र्याउन सक्नु पर्छ ।’ उनका अनुसार नेपालभित्रै नेपालीलाई काम गर्ने व्यवस्थाको सुनिश्चितता प्रदान गर्न पर्छ । संसारको जलस्रोते धनि देशमध्ये नेपाल पनि पर्छ । उक्त जलस्रोतको प्रयोग गरी ठूला जलविद्युत आयोजनाको विकास गर्न पर्ने उनको भनाइ छ । मुलुकबाट उत्पाद गरिएको उर्जा सस्तो हुन पर्ने उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले मुलकको लागि जलस्रोतको भूमिका महत्वपूर्ण हुने बताइन् । ‘मुलुकमा पर्याप्त जलस्रोत भएपनि जलविद्युत विकास गर्न नसक्दा मुलुक पछि परेको छ,’ उनले भनिन् ‘देशमा ठूलो लगानी भित्रन सक्ने जलविद्युत मात्र त्यस्तो एक क्षेत्र हो ।’ त्यसैले सरकारले जलविद्युत विकासको लागि भ्याट छुट, अनुदान लगायको व्यवस्थ गर्न पर्ने, लगानीमैत्री वातावरण बनाउन पर्ने उनले जोड दिइन् । ‘उर्जाको विकासको माध्यमबाट उर्जाको भाउ सस्तिने हो भने नेपालमा उद्योग व्यावसाय फस्टाउनेछ,’ उनले भनिन् ‘त्यसबाट नेपली उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्ने क्षमता राख्नेछ ।’

कार्यक्रमामा राष्ट्रपाति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक संक्रमणपछि स्थानिय तह, प्रतिनिधि र प्रदेश सभाको निर्वाच हुनु मुलुकको लागि ठोस उपलब्धी भएको बताइन् । ‘तेल, ग्याँस, कोइलाको मूल्य महंगो हुदै गएको तथा भण्डारण रित्तिदै गइरहेको पछिल्लो अवस्थामा वातावरणमैत्री जलविद्युत उत्पादन आजको आवश्यकता हो,’ उनले भनिन् । नेपाल सरकार, विदेशि लगानीकर्ता र निजी क्षेत्रलाई जलविद्युत विकासको लागिअघि बढ्न उनले कार्यक्रममार्फत हावहान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.