सानिमा क्यापिटलले डीम्याट खाता खोल्दा शुल्क नलिने

  २०७४ पुष २० गते १७:५७     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्दा लाग्ने शुल्क हटाएको छ ।

सानिमाले डीम्याट खाता खोल्दा लिदै आएको ५० रुपैयाँ शुल्क हटाएको जानकरी दिएको छ ।कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताएको छ ।

निकट भविष्यमा सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका साधारण शेयर (आईपीओ) निष्काशन हुने र सोमा आवेदन गर्नका निमित्त डिम्याट खाता अनिवार्य रहेको जानकारी सानिमाले दिएको छ ।

शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा खोल्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.