टाटा मोटर्सको सोरुममा पुस २१ गतेदेखि ‘जनावरी फेष्ट’ संचालन हुँदै

  २०७४ पुष २० गते १७:०२     विकासन्युज

काठमाडौं । टाटा मोटर्स र नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ बर्षको उपलक्ष्यमा ‘जनावरी फेष्ट’ कार्यक्रम संचालन गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा पुस २१ गते देखि २३ गते सम्म संचालन हुने छ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु जेष्ट, टियागो, हेक्सा, स्ट्रोम लगाएतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रमको विशेष आर्कषण गाडीको अवलोकनको साथ साथै इन्सुरेन्सको सुविधा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक सो, मनोरञ्जनात्मक नृत्यहरु तथा फुडहरुको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिभर बुकिङ्ग गर्ने ग्राहकहरुलाई आर्कषक उपहारको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहनेमा पनि कम्पनी विस्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.