गर्भनर नेपालद्धारा ग्लोबल आइएमईको नवनिर्मित रजिर्ष्टड कार्यालयको उद्घाटन

  २०७४ पुष १८ गते १८:१९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको यस बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिर्ष्टड कार्यालय स्थापना गर्न सफल भएको हो ।

कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिर्ष्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिएका छन् । उक्त कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै हाल बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ ।

साथै, नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.