बैंक अफ काठमाण्डुको संस्थापक सेयर नपर्नेको रकम आजदेखि फिर्ता

  २०७४ पुष १८ गते ९:५६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ ।

बैंकले यसअघि उल्लेख गरिएको खातामा रकम रकमान्तर गरिने जानकारी दिएको छ । बैंकको अधिकांश संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गरेको छ ।

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि खुला गरेको थियो ।

करिव १० हजार कित्ता बाहेक सबै सेयर प्रतिकित्ता २५१ रुपैयाँमा संचय कोषले खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.