प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने

  २०७४ पुष १८ गते ९:३३     विकासन्युज

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि बिक्री खुला हुने भएको छ ।

बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.