बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति

  २०७४ पुष १६ गते १:२१     विकासन्युज

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो ।नेपालम २८ वाणिज्य बैंक छन् ।

प्राय सबै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकमा ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघका कार्यवहाक अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए ।

“ ब्याजदर यति उतिमा राख्ने सहमति भएको हैन” उनले भने “अब जति बढ्यो त्यो भन्दा माथि नजाने सहमति भएका छ ।”ब्याजदरमा स्थिाइत्व दिन यस्तो सहमति आवश्यक भएको उनको भनाई छ ।

बजारमा लगानीयोग्य पुँजी नभएपछि बैंकले धमाधम मुद्दती निक्षेपको ब्याज दर बढाएका थिए । बैंकले १२.२५ प्रतिशत दिने सार्वजनिक गरेका थिए । केही बैंकले १३ प्रतिशतमा निक्षेप उठाएका थिए ।गत वर्षपनि लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याज नबढाउने आन्तरिक सहमति गरेका थिए । हाल बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ अधिक तरलता छ ।

ग्लोबल आईएमई बैंक, सिभिल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मुद्दती निक्षेप रोक्नलाई भन्दै ब्याजदर बढाएका छन् । यस्तै अन्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर न्युनतम १० प्रतिशत पुर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.