राष्ट्र बैंकले २ अर्ब ३१ करोड लिन बोलायो

  २०७४ पुष १६ गते १३:२३     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजीको संकट भइरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुद्धति निक्षेप लिन बोलाएको छ ।

बैंकले प्रतिस्पर्धाबाट २ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मुद्दती निक्षेमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकका लागि १ अर्ब ८५ करोड ४१ लाख, विकास बैंकलाई ३४ करोड ७६ लाख र वित्त कम्पनीलाई ११ करोड ५९ लाख रुपैयाँ बोलकबोलबाट मुद्दती निक्षेमा राख्न लागेको हो ।

बैंकले आउदो मंगलबार बोलपत्र पेश गर्न भनेको छ । निक्षेप आगामी वर्ष पुस अन्तिमम परिपक्व हुनेछ । सो निक्षेप रकम लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुपर्ने छ ।

बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंकले मात्र निक्षेप पाउने छन् ।

यस्तै कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.