बैंक तथा वित्तीय संस्थाको सीईओ निवृत्ति भएको ६ महिनापछि मात्र अर्को संस्थामा जान पाउने

  २०७४ पुष १४ गते १७:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एउटा संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थामा नियुक्त हुन पाउने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गरी नियुत्ति सम्बन्धित अस्वस्थ अवस्थालाई नियमन गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ ।

अब कुनै एक बैंक तथा वित्तीय संस्थाको सीईओले जागिर छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको सीईओ हुन पाउने भएको छ । यस्तै पदावधि पुरा नगरी हटेको सीईओको हकमा पनि यो नियम लागु हुने केन्द्रीय बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाको सञ्चालकले पनि छाडेको ६ महिनापछि मात्र अर्को संस्थामा जान पाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.