नविल बैंकमा अनिल शाहको कमव्याक,फागुनदेखि कार्यभार सम्हाल्ने

  २०७४ पुष १३ गते २१:२०     विकासन्युज

काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिलकेशरी शाह नियुक्त भएका छन् ।नविलको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट बैंकको निर्देशनअनुसार मेगा बैंकमा २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने भएपछि उनी सेन्चुरी बैंकमा सीईओ हुने पक्का भएको थियो । तलवको विषयमा कुरा नमिलेपछि शाह नविलमा गएका हुन् । राष्ट बैंकको निर्देशनअनुसार तलव घट्ने अवस्था आएपछि नविलमा गएका हुन्

मेगामा आउनुअघि उनी नविलमा सीईओ थिए । कार्यकाल पुरा नहुदै सशिन जोशीले राजीनामा गरेपछि नविल सीईओ विहीन थियो । शाहले फागुन ५ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सशिनले फागुन ५ गतेदेखि लागु हुने गरी सीईओबाट राजिनामा गरेका थिए । बैंक व्यवस्थापन असन्तुष्ठ भएपछि जोशीले नविल छाडेका हुन् ।

नविलबाट बैकिग सेवा सुरु गरेका शाह महाप्रवन्धक हुदै सीईओ समेत भएका थिए । मेगामा ८ वर्षे कार्यकाल सकेर उनी पुनः नविलमा फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.