हिसिलाले जितिन् ‘लिरिल फ्रेश फेस सिजन ४’ को उपाधि, पुरस्कारमा १ लाख नगद र स्कुटर

  २०७४ पुष १२ गते २०:५४     विकासन्युज

काठमाडौं । लिरिल फ्रेश फेस सिजन ४को उपाधी हिसिला महर्जनले जितेकी छिन् । सात सय भन्दा बढी इन्ट्रीबाट छानिएर उत्कृष्ट ३ मध्ये महर्जनले विजेताको उपाधी प्राप्त गरेकी हुन् ।

महर्जनले पुरस्कारमा एक लाख रुपैेयाँ र हिरो डुएट स्कुटर जितेकी छिन् ।  विश्व प्रसिद्ध साबुनको ब्राण्ड लिरिल, युनिलिभरको आयोजनामा “लिरिल फ्रेश फेस”कोचौथो संस्करण हिजो राती समाप्त भएको छ ।

अद्भुत र नवीनतम् टाष्कहरु र प्रख्यातहस्तीहरुले भरिपूर्ण एपिशोडहरु भएको यो सिजनले हजारौं प्रशंसकहरुको मन जित्दै यसले आफ्नो विजेतापाउन सफल भएको कम्पनीले जानकारी दिएको छ । फिनालेमा प्रसिद्ध गायक नीतेश जङ्गकुँवर र आयुष्मान देशराज श्रेष्ठ जोशील विशेष निर्णायकको रुपमा उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.