महालक्ष्मी बैंकले दियो प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री

  २०७४ पुष १२ गते १७:४३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकको खाडीचौर स्थित शाखाले संस्थागत बलेफी गाँउपालिका ७, खाडीचौरमा रहेको श्री बालशिक्षा माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो ।

उक्त शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि.खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेकी हुन् ।

बैंकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वीत भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.