स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग मन्त्रालय र युवा परिषदबीच समझदारी

  २०७४ पुष १२ गते १२:५२     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच स्वदेशमै रोजगारी सिर्जना गर्ने समझदारी भएको छ । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जनागरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्‍याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद बिच सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्थानीय श्रोत साधनको परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमहरुको माध्यमद्धारागरिब तथा बेरोजगार युवालाई उद्यमशिलता विकास मार्फत मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा सहभागी गराउने कार्यमा सो समझदारीले सघाउ पुर्‍याउनेछ ।  उद्योग मन्त्रालयका मन्त्री सुनील बहादुर थापा,  राज्यमन्त्री रेशम बहादुर लामा तथा सचिव यामकुमारी खतिवडाज्यूको समुपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोईराला र युवा परिषद्का तर्फबाट उपाध्यक्ष माधवप्रसाद ढुंगेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र अनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकास लगायत विभिन्न विषयमा सीप विकास तालिम प्रदान गरिन्छ भने परिषद्बाट देशका सवै जिल्लामा जिल्ला युवा समितिको कार्यालय मार्फत युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ । सो कार्यक्रमको कार्यान्वयनबाट युवा उद्यम कार्यक्रममा युवा उद्यम विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिदका लागि विना व्याज ऋण सहयोग र युवाहरुलाई ज्ञान सीप प्रदान गर्ने रस्थानीय स्रोत साधनको अधिकतमप्रयोग गरी स्वरोजगार बनाउने उद्देश्य हासिल गर्न सहयोग पुग्नेछ ।

सम्झौता पश्चात परिषद्ले युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम “एक निर्वाचन क्षेत्रको एक वडामा दश युवा एक उद्यम ”कार्यक्रमको कार्यान्वयन गर्न युवा उद्यमीको छनौट गरी स्थानीयस्तरमासीप विकास तालिम सञ्चालन तथा प्रविधि हस्तान्तरण गर्नेछ भने मन्त्रालयले सामाजिक परिचालन, उद्यमशिलता विकास, सीप विकास, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यवसायिक परामर्श जस्ता सेवाहरु प्रदान गर्न सहयोग गर्नेछ । यसको कार्यान्वयनबाट मुलुक भित्रै रोजगारी सिर्जना गरी आगामी दश वर्ष भित्रमा श्रमको लागि विदेश जाने क्रमलाई अन्त्य गर्ने मन्त्रालयको ध्येयमा सघाउ पुग्ने मन्त्रालयले जानकारी दिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्रालयका सहसचिव कोईरालाले स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रमको कार्यान्वयनमा समन्वय र सहकार्य कायम भई संघीयता कार्यान्वयनमा योगदान पुग्ने बताउए । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब प्रसाद ढुंगेलले युवा लक्षित कार्यक्रमलाई परिणाममुखी बनाउने कार्यमा यो एउटा राम्रो शुरुवात भएकोमा खुसी व्यक्त गरेका छन् । उक्त  समारोहमा बोल्दै उद्योग मन्त्रालयका सचिव श्रीमान् यामकुमारी खतिवडालेवेरोजगार युवा, महिला लक्षित यस कार्यक्रम मार्फत संस्थातगत रुपमा समन्वय र सहकार्य भई थप रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी राज्यमन्त्री रेशम बहादुर लामाले यसले स्थानीय तहमा भएको तालिमको दोहोरोपन हटाई परिणाममुखी नतिजा हासिल गर्नेमा जोड दिए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले यस सम्झौताको कार्यान्वयन पक्षमा जोड दिदै वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य हासिल गनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.