४ कम्पनीको सेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?

  २०७४ पुष ११ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ४ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले जनता बैंक, हिमालयन बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

जनताले १४.४ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ कायम भएको छ । यसैगरी साइन रेसुङलाले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको पनि सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएका छ । हिमालयनले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य ६७१ र किसानको प्रतिकित्ता १ हजार ९२१ रुपैयाँ काम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.