पेपालबाट पठाएको पैसा इन्भेष्टमेण्ट बैंकबाट भुक्तानी हुने, अमेरिकामा रहेका नेपालीलाई सहज

  २०७४ पुष १० गते १०:५५     विकासन्युज

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्क (जुम) सँग विप्रेषणसेवाको सुरुवात गरेको छ ।

यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपाल मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

पेपाल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास बैंकले लिएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र अमेरिकास्थित पेपाल बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ । यसअघि इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सि बैंक र कुवेतको एल सुल्तान एक्स्चेञ्जसँग पनि सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.