लक्ष्मी ग्रुपले पार गर्यो ४४ वर्ष, सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना

  २०७४ पुष ६ गते १८:१९     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।

लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमापोखरा स्थित कार्यालयमा १०७तथा काठमाडौंमा स्थित कार्यालयमा ६९ गरि कुल १७६जनाले रत्तदान गरेका थिए ।  त्यस्तै, लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि द्धारा बुढानिलकण्ठ तथा भद्रकाली मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै जादुगिरी कार्यक्रम तथा विभिन्नखेलहरुको आयोजना गरेको थियो । एसजीसीपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनकालागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मीगु्रपद्धारा सो संस्थाको नाममा १५ लाखरुपैयाँको आर्थिक सहयोग पनि गरिएको ग्रुपले जनाएको छ ।

यसका साथै ग्रुपका अन्यभातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जयाप्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि., र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि., आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सुजल फुड्सद्धारा नक्साल स्थित बालमन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो ।

त्यसैगरी, सुजल डेरी प्रा.लि द्धारा कपनस्थित बाल बिकास स्कुलका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो । साथै, सुजल डेरी प्रा.लि.द्धाराहर्ट बीट चाइल्ड केयर संस्थाका बिधार्थीहरुलाई दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो ।

यसै सन्र्दभमा यस पटक आफनो बिशेषकार्यक्रममा लक्ष्मी गु्रप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र विन्धयावाशिनी धार्मीक क्षेत्र बिकास समितिबिच लिफट निर्माण गर्नेको लागी सम्भौतापत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिकोतर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठर विन्ध्यवासीनी धार्मीक क्षेत्र विकास समितिको तर्फवाट उपाध्यक्ष पवित्र राज रेग्मीबाट गरिएको थियो ।

त्यसरी नै पोखरेली सास्कृतिक परिवारलाई यस ग्रुपकाकार्यकारी निर्देशक सुनिल श्रेष्ठले पोखरेली सास्कृतिक परिवारको अध्यक्ष दिपक समितलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

साथसाथै, यस लक्ष्मी ग्रुपमा आवद्व लामो समयसम्म कार्यरत कर्मचारीहरु क्रमश प्रल्हादभक्तका यस्थ, टिकाराम वस्ताकोटी, सुकदेव गिरी र भुवनप्रसाद आचार्यलाई क्रमश २५ बर्ष र १५ वर्ष काम गरेकोमा सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

विगत ४४वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.