रनर मोटरसाइकल नेपाली बजारमा, ७ मोडेलका मोटरसाइकलको बिक्री शुरु

  २०७४ पुष ५ गते १७:१२     विकासन्युज

काठमाडौं । बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो।

रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हफिजुर रहमन खान, सोही कम्पनीका प्रमुख कार्यकारी मुकेश शर्मा र रमन मोटर्सका अध्यक्ष बलराम महतो र प्रमुख कार्यकारी रमन महतोले शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो।

बंगलादेशको रनर ग्रुप अफ कम्पनीका चियर म्यान हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनीको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन्।

रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएकोमा अब भने अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो। यो सँगै नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदय समेत भएको छ।यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँपन समेत थपेको कम्पनीले बताएको छ।

नेपाली बजारमा अहिले सम्म कुनै पनि ब्राण्ड तथा कम्पनीले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टी समेत रनरले प्रदान गरेको रमन मोटर्स्का सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स्पछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन्।

हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस्तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुतमा सफीविन्ती शामंस्रहेकी थिईन भन्ने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायीक रुपमा मात्र नभई दुई देशबीचको आत्मियतालाई समेत थप उचाईमा पुर्याएको बताएकी छिन् ।

सँगै रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टर समेत खोलेको छ। यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ। यहाँ मोटरसाईकल विक्रि वितरण गरिनुका साथै विक्रि पश्चातका सबै खाले सेवा तथा सुविधा समेत उपलब्ध गराईने कम्पनीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.