एनबीआईले एनसीसी बैंकका कर्मचारीलाई तालिम दिने

  २०७४ पुष ४ गते १७:२९     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि(एनबीआई)ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । मंगलबार यी दुई संस्थाबीच उक्त तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार एनसीसी बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबरको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.