एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, सोमबार सेयर मूल्य बढ्यो

  २०७४ पुष ३ गते १८:५९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश वितरण गर्न लागेको हो ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको २३८ औं बैठकले उक्त निर्णय गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जानकारी दिए । सञ्चालक समितिको निर्णयलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् ।

सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको सेयर सोमबार प्रतिकित्ता १४ रुपैयाँले मूल्य बढेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.