आइएमई जनरल इन्स्योरेन्सले ८०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  २०७४ पुष ३ गते १७:२७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ८० प्रतिशत हकपद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात बोनस सेयर दिई कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने गरी पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.