लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्यो

  २०७४ मंसिर २८ गते १६:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिको सो प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । उक्त सभाबाट पारित बोनस सेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

बैंकले आ.व. २०७३/७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि आवमा बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.