एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश दिने

  २०७४ मंसिर २८ गते १५:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.