वाणिज्य बैंकको विपन्न क्षेत्रमा १०१ अर्ब ५७ करोड लगानी

  २०७४ मंसिर २८ गते १३:३९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले विपन्न क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले कुल कर्जाको न्युनतम ५ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरेकोमा बैंकले ५.९४ प्रतिशत लगानी गरेका छन् ।

हालसम्म २८ वाणिज्य बैंकले विपन्न क्षेत्रमा मात्रै १ खर्ब १ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
साना तथा मझौला उद्योग र व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने १० लाख रुपैयाँसम्मको कर्जालाई समेत विपन्न वर्ग कर्जामा गणना गर्नेव्यवस्था मिलाइएको छ ।

यस व्यवस्था अन्तर्गत २०७४ असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा १.७४ प्रतिशत, अप्रत्यक्ष रुपमा ४ प्रतिशत र युवा स्वरोजगार कोष अन्तर्गतको ०.२० प्रतिशत लगानी समेत गरी कुल कर्जाको ५.९४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् ।
बैंकहरुले प्रत्यक्षतर्फ २९ अर्ब ७८ करोड, अप्रत्यक्षतर्फ ६८ अर्ब ३१ करोड र युवा स्वोरोजगार कोषअन्र्तगत ३ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.