करिब एक अर्बको राजस्व असुली

  २०७४ मंसिर २८ गते १३:२९     विकासन्युज

रसुवा । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ ।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

सरदरमा दैनिक एक करोड रुपैयाँ राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।

भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.