बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी २३८ अर्ब

  २०७४ मंसिर २७ गते १८:२४     विकासन्युज

काठमाडौं । हालसम्म बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी बढेर २ खर्ब ३८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा गाभिएर (मर्जर), प्राप्ति (एक्जिसन) बोनस सेयर, हकप्रद सेयर र थप सेयर निष्कासन (एफपीओ) बाट चुक्तापुँजी बढाएका हुन् ।

हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको १ खर्ब ९६ करोड १० लाख, ३९ विकास बैंकको ३१ अर्ब ४० करोड र २७ वित्त कम्पनीको १० अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी पुगेको छ । आर्थिक वर्ष ०७२/०७३ को मौद्रिक नीतिले न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेपश्चात् बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी बढेको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकको साढे २ अर्ब र राष्ट्रियस्तरको विकास बैैकले ८० करोड रुपैयाँ चुक्तापुँजी तोकेको छ । २०७२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी १ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ थियो । प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ को पहिलो त्रयमासमा वाणिज्य बैंकहरुले १० अर्ब ९ करोड खुद नाफा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.