स्याङयोङले नेपाली बजारमा ल्यायो नयाँ कार ‘रेक्सटन’, न्युनतम १ करोड १२ लाख मूल्यसम्ममा उपलब्ध

  २०७४ मंसिर २७ गते १५:१९     विकासन्युज

काठमाडौं । स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ सार्वजनिक गरेको छ । बिक्रेता आइएमएस मोटर्सले बुधबार एसयुबी सेग्मेन्टको रेक्सटन वाइ ४०० लाई नेपाली बजारमा भित्र्याएको हो ।

नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्समिसन गरी दुई विकल्पका साथ प्रस्तुत गरिएको छ । जसको मूल्य क्रमश: १ करोड ११ लाख ९९ हजार रुपैयाँ र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

स्याङयोङ कोरियाको लक्जरी एसयुभी ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरुमध्येको चौथो हो ।

इ एक्स डी २२० डिजेल इन्जीन र मर्सिडिज-बेन्ज ७ स्पीड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएको यो कार आरामदायी रहेको कम्पनीले जनाएको छ ।

रेक्सटनमा ९ वटा एयर ब्याक छन् । यसमा उत्कृष्ट पार्श्व टकराव सुरक्षाका लागि क्वाड फ्रेमको पनि प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार यसमा गतिशील र विशाल फ्रन्ट लुक बाहेक एलइडी(डिआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट) जस्ता फिचर छ । सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पटर ह्विलले यो मोडलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.