प्राइम कमर्सियल बैंकको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज

  २०७४ मंसिर २७ गते १२:३९     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.