लक्ष्मी बैंकले ल्यायोे “लक्षित मुद्दती” योजना, वार्षिक ९ प्रतिशत सम्म ब्याज पाइने

  २०७४ मंसिर २६ गते १७:३३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले नयाँ “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) बचत खाता योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकका सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले वार्षिक ९ प्रतिशत सम्म ब्याज प्राप्त गर्न सक्नेछन् ।

लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० रुपैयाँ वा सो भन्दा बढि जम्मा गर्न सक्नेछन् ।

ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

साथै, लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.