एभरेष्ट बैंकको पुस १३ गतेदेखि बुक क्लोज

  २०७४ मंसिर २६ गते १३:०७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको आगामी पुस १३ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुन लागेको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ८ दिनको लागि कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । उक्त सभाले बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि ३४ प्रतिशत लाभांश दिने कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.