ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने, राप्तीभेरीका सेयरधनीले ६ प्रतिशत पाउने

  २०७४ मंसिर २५ गते १३:३५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रा(अर्थात २२ करोड ८ लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले ज्योति बैंकले हालै एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीलाई पनि गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले राप्तीभेरीका सेयरधनीलाई एक करोड ६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । ज्योति बैंकले गत कात्तिक ८ गते राप्तीभेरी विकास बैंकलाई एक्वायर गरी एकिकृत कारोबार शुरु गरेको थियो ।

बैंकको सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.