बामपन्थी गठबन्धनलाई सेयर बजारको रेड सिग्नल, ६ अंकले अरोलो

  २०७४ मंसिर २४ गते १५:२६     विकासन्युज

काठमाडौं । देशभर बामपन्थी गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन जितिरहँदा सेयर बजार भने ओरालो लागेको छ । आइतबारको सेयर बजारमा सामान्य गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ६.०५ अंकले ओरालो लागेर १५३०.४९ अंकमा अडेको छ ।

बजारमा परिसूचकमा गिरावट आएता पनि कारोबारमा भने वृद्धि भएको छ । बजारमा ८४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५८ कम्पनीको १२ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ ।

सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी स्ट्याडर्ड बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१९७ रुपैयाँ रहेको छ । कम्पनीले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लभांश दिने घोषणा गरेपछि कम्पनीको सेयर कारोबारमा वृद्धि भएको हो ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ४० र अन्य समूह २ अंकले उकालो लागेका छन् । त्यस्तै, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् ।

त्यसैगरी, बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.