स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने

  २०७४ मंसिर २४ गते १४:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.