सरकारले ईन्धनको भाउ बढायो, पेट्रोलमा २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

  २०७४ मंसिर २२ गते १९:४१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.