सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम सम्पन्न, करिब २५० ठेकेदारको उपस्थिति

  २०७४ मंसिर २२ गते १७:१३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लिले काठमाडौं (बालाजु र धापासी) जिल्लालाई केन्द्रित गरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो क्षेत्रमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा काठमाडौं (बालाजु र धापासी) क्षेत्रका करिब २५० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्धारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो उद्योग सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र श्री ग्रिनnपि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्धारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि स्क्वायरसम्म रहेको कम्पनीले जनाएको छ ।

सर्वोत्तम सिमेन्ट क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदानगर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो । साथै, आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न एक्सरे डिफ्राक्सनबाट परिक्षण हुने कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.