माछापुच्छ्रे बैंकले पोखरामा गर्यो प्रभात फेरी कार्यक्रम

  २०७४ मंसिर २० गते १४:१०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले १९अाैँ वार्षिक साधारणसभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बसुन्धरा पार्कबाट शुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनःबसुन्धरा पार्कमापुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता अन्तर्गत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफा नोटको महत्व, डेबिटरक्रेडिट कार्डको उपयोग र यसको फाइदा इत्यादिको बारेमा विभिन्न जानकारी दिएको थियो ।

बैंकले आ.व. २०७४/७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । साथै, हाल बैंकले ६४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैकले हालसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.