नेशनल इन्स्योरेन्सले ल्यायो १ लाख निशुल्क बीमा सुविधा, विपदमा सक्रिय प्रहरीलाई २ लाख बीमा

  २०७४ मंसिर १९ गते १७:२८     विकासन्युज

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो ।

कम्पनी १११ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने जनाएको छ ।

उक्त अवसरमा यो बीमा कम्पनीले सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको बिमांकको दुर्घटना बीमा गर्ने जानकारी दिएको छ ।

स्थापना महिनाको पहिलो साता विद्यालयमा विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिनेछ । त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा डिसेम्बर ९ मा ‘वाकाथन’ पनि आयोजना गर्ने भएको छ ।

स्थापना महिनाको दोस्रो साता निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा बीमाको पहुँच विस्तारका लागि विभिन्न स्थानमा थप शाखा स्थापना गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.