कारको दुनियाँमा आयो ‘जंगली साढे’ : चाबी बिना नै स्टार्ट हुने यस्तो कार

  २०७४ मंसिर १९ गते १५:३७     विकासन्युज

एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ ।

लामो समयदेखि यो कारलाई कम्पनीले निर्माण गरिरहेको थियो ।

यो एउटा एक एसयूभी हो तर कम्पनीले यसलाई एसएसभी सुपरस्पोर्ट यूटिलिटी भेहिकलको रुपमा दाबी गरेको छ । यसलाई फोक्सवागेनको एमक्यूबी प्ल्याटफर्ममा तयार पारिएको छ ।

यो कारमा चार लिटरको ट्विन टर्बो बी ८ ईञ्जनि जडान गरिएको छ । यो ईञ्जिनले ६४१ बीएचपीको पावर र ८५० न्युटन मिटरको टर्क प्रदान गर्छ । यो ८  स्पिड आटोम्याटिक ट्रान्समिशन सिस्टम रहित छ ।

यसले परफर्मेन्स एसयूभी ० देखि १००  किलोमीटर प्रति घण्टाको स्पिडमा ३.६ सेकेण्ड पकड लिन्छ ।  जबकी यो २०० किलोमिटर प्रति घण्टाको स्पिड १२.८ सेकेण्डको पकड लिन सक्षम छ ।

यसको अधिकतम स्पिड ३०५ किलोमीटर प्रति घन्टा छ । यो दुनियाँकै सबैभन्दा तेज एसयुभी रहेको कम्पनीको दाबी छ । यो कार चाबी बिना नै स्टार्ट हुन्छ ।

ब्रेकिंङका लागि अगाडीको पांग्रामा ४४० एमएम र पछाडिको पांग्रामा ३७० एमएम कार्ब सेरामिक ब्रेक दिइएको छ । यसमा २१ ईञ्चको एल्वोइ ह्विल पनि दिइएको छ। यो ५ सिटर कार हो ।

अगाडीपट्टी यसमा चहकिलो एलईडी हेडलाइट छ । यसमा २१ स्पिकरका साथ थ्रीडि साउन्ड सिस्टम पनि छ । यसलाई अर्को वर्षदेखि बजारमा बिक्रीका लागि सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.