नेप्सेले माग्यो विभिन्न ८ विधाका एक्स्पर्ट, पुस ६ गतेसम्म आवेदन दिन पाइने

  २०७४ मंसिर १९ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन गर्ने विविध गतिविधिका लागि आवश्यक पर्ने विभिन्न ८ वटा विधाका एक्स्पर्ट(विज्ञ)हरु मागेको छ ।

नेप्सेले एक सूचना मार्फत क्यापिटल मार्केट एक्स्पर्ट(सेकेन्डरी मार्केट), लिगल एक्स्पर्ट अन कर्मसियल/ कर्पोरेट ल, एक्स्पर्ट अन फाइनान्सियल एयालाइसिस्क/र्पोरेट फाइनान्स/फाइनान्सियल टेक्नोलोजि, हुम्यान रिर्सोस् म्यानेजमेन्ट एक्स्पर्ट लगाएतका विज्ञहरु मागेको छ ।

त्यस्तै, प्रडक्ट डेभलपमेन्ट एक्स्पर्ट, कनफिल्क्ट म्यानेजमेन्ट एक्स्पर्ट, कमोडिटी एण्ड डेरिभेटिभ मार्केट एक्स्पर्ट र प्रोक्यूरमेन्ट म्यानेजमेन्ट गरी विभिन्न ८ वटा विधाका विज्ञहरुको सूची तयार गरेको नेप्सेद्धारा जारी सूचनामा उल्लेख छ ।

उक्त विज्ञहरुको सूचीमा दर्ता हुन ईच्छुक व्यक्ति तथा फर्मले आवश्यक कागजात सहित निवेदन पेश गर्न नेप्सेले आग्रह गरेको छ । नेप्सेले प्रकाशित गरेको सूचनाका अनुसार इच्छुक व्यक्तिले आगामी पुस ६ गते (अर्थात मंसिर १५ गतेको मितिले २१ दिन) भित्र निवेदन पेश गरि सक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.