फेसबुकले लण्डनमा खोल्यो नयाँ कार्यालय, ८ सय जना कर्मचारी माग

  २०७४ मंसिर १८ गते १५:१९     एजेन्सी

लण्डन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आज बेलायतको लण्डनमा नयाँ कार्यालय खोलेको छ । यहाँ कम्पनीको अमेरिकाबाहिरकै सबैभन्दा ठुलो इञ्जिनियरिङ सेन्टर हुनेछ ।

कम्पनीको यो कार्यालय शहरको पश्चिमान्त क्षेत्रको अक्सफोर्ड सडकको नजिक छ । यसमा करीब ८ सय वटा तहका लागि जागिरको अवसर पनि खुल्दैछ । जसको आधा क्षेत्र इञ्जिनियरिङसँग सम्बन्धित छ ।

फेसबुकले १० वर्षपहिले यहाँ दर्ता गरेको थियो । कम्पनीका अनुसार नयाँ कार्यालयमा स्थानीय स्तरबाट अर्को वर्षसम्म २३ सय जना कर्मचारी भर्ना गर्नेछ ।  कम्पनीका उपाध्यक्ष (यूरोप, पश्चिमी एशिया तथा एशिया) निकोल मेन्डलशनले ब्रिटेनको प्रेस एसोसिएशनलाई भने, ‘पछिल्लो एक दशकमा यो देश फेसबुककव यात्राको निकै ठुलो हिस्सा बनेको छ । अब हामी ब्रिटेनका लागि अझै अधिकरुपमा प्रतिबद्ध छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.