विहे मात्र होइन ‘डिभोर्स’को पनि हुन्छ सिजन, साउन र फागुनमा तोडिन्छन् धेरै सम्बन्ध

  २०७४ मंसिर १७ गते १८:१६     एजेन्सी

काठमाडौं । परम्पराअनुसार नेपालमा ६ वटा महिना(बैशाख, जेठ, असार, मंसिर, माघ र फागुन )लाई विवाहको सिजन मानिन्छ । यद्यपी सम्बन्धविच्छेदको लागि त्यस्तो सिजन तोकिएको छैन ।

सामान्यतया श्रीमान-श्रीमतीबीच मनमुटाव बढ्दै जाँदा सम्बन्धविच्छेद गरिएको पाइन्छ । तर एक अध्ययनले निश्चित समयमा सम्बन्धविच्छेद हुनेगरेको पत्ता लगाएको छ ।

अधिकांश विवाहित दम्पतीले मार्च (साउन) र अगस्ट (फागुन)मा सम्बन्धविच्छेद गर्ने गरेको वाशिंगटन समाजशास्त्री विश्वविद्यालयले गरेको अध्ययनले सम्बन्धविच्छेद यी दुई महिनामा हुनेगरेको निश्कर्ष निकालेको छ ।

समाजशास्त्रका सहायक प्राध्यापक जुली ब्राइन्स र ब्रायन सेराफिनीले वर्षको दुई महिनामा सबैभन्दा बढी ‘डिभोर्स’ हुने गरेको पत्ता लगाएका छन् । सन् २००१ देखि २०१५ सम्म वाशिंगटनमा भएका डिभोर्सका लागि आवेदन हेर्दा लगातार मार्च र अगस्टमा बढी आवेदन परेको अनुसन्धानको विश्लेषण छ ।

यो कुरा धेरै दम्पतीका लागि सामाजिकरुपमा अमान्य हुनसक्छ । जाडो र गर्मीको छुट्टीमा त झन् एकअर्काको सम्बन्ध सुधार्नलाई ठुलो अवसरको रुपमा लिन सक्छन् ।

उक्त अध्ययन अनुसार पारिवारिक व्यवहारमा प्रभाव पार्न परम्परागत क्यालेण्डरले ठुलो भुमिका खेलेको छ । ‘सामान्यतया गर्मी र जाडोको छुट्टीमा बढी समय परिवारसँग बिताइन्छ’, ब्राइनले भनिन्, ‘छुट्टीमा सम्बन्ध सुधार्ने र नयाँ जिन्दगी सुरु गर्ने अठोट हुन्छ । यसले मानिसको आकांक्षालाई बढावा दिन्छ ।’

यद्यपी छुट्टीमा आकांक्षाले सोचेजस्तो स्थान नपाएपछि अधिकांश दम्पती दुखित बन्छन् । समाजशास्त्रीको भनाईमा उनिहरुको सोच ‘वाचा तोडिएको’ जस्तो चिसो बन्दै जान्छ । जसका कारण उनीहरुले डिभोर्समा पुग्ने सम्भावना बढेको उनले बताइन् ।

ब्राइन्सका अनुसार नयाँ वर्षको छुट्टीपछि दम्पतीलाई डिभोर्सका लागि हिम्मत बटुल्न, आर्थिक स्रोत जुटाउन र वकिलको रायसुझाव लिन केही महिना लाग्छ । र मार्चको महिनामा अधिकांशको डिभोर्स हुनेगरेको उनको अनुमान छ ।

त्यस्तै गर्मीको छुट्टीको मनमुटावपछि उनीहरुलाई बाकी समय बालबच्चाको स्कुल समयले रोक्ने गरेको उनी बताउछन् । अन्तत अगस्टमा दम्पतीहरु डिभोर्सका लागि आवेदन दिन्छन् ।

त्यस्तै तनावमा वसन्त ऋतुको समयमा आत्महत्या समेत हुने गरेको उनले बताइन् । तनावकाबीच दम्पतीले अनाहकमा यस्तो निर्णय लिनसक्ने सम्भावा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.