बैंकको गल्तीले छात्राले पाइन् ३५ लाख डलर, मुद्दा अघि नबढ्ने

  २०७४ मंसिर १७ गते १६:४१     विकासन्युज

बिबिसी । अस्ट्रेलियाली अभियोजन पक्षले एक मलेशियाली महिलाविरुद्ध लगाएको आरोप फिर्ता लिएको छ । यी महिलाले बैंकको गडबढीका कारण करिब ३५ लाख अमेरिकी डलर निकालेकी थिइन् ।


२२ वर्षीय क्रिस्टीन लीले यो रकमको ठुलो परिमाणलाई गरगहना तथा ब्यागमा खर्च गरेकी थिइन् । वेस्टप्याक बैंकको गलतीका कारण यो रकम उनले पाएकी थिइन् । सन् २०१४/१५ मा धोखा मार्फत उक्त रकम निकालिएको प्रहरीले बताएको थियो ।

अभियोजन पक्षले आरोपलाई फिर्ता लिनुको कारण खुलाएको छैन । वकील ह्यूगो एस्टनले अभियोजन पक्षको यो कदमले लीलाई राहत मिलेको बताए ।

एस्टनले भने, “किनेका कतिपय सामानलाई जफत गरी फिर्ता दिइएको छ ।”

खास कुरा के थियो?

सिडनी विश्वविद्यालयकी पूर्व छात्राले सन् २०१२मा बैंक एकाउण्ट खोलेकी थिइन् । तर गल्तीले उनलाई असीमित ओभरड्राफ्टको सुविधा दिइयो ।

२०१५ मा बैंकले आफ्नो ग़लतीको महसुस नभएसम्म ११ महिनामा लगातार रकम निकालिन् । लीलाई २०१६ मा सिड्नी एयरपोर्टमा गिरफ्तार गरियो र बैंकलाई धोखा दिएर वित्तीय लाभ उठाएको आरोप लगाइयो ।

उनको वकीलले सिडनीमा अदालतलाई ली ईमानदार नभएपनि बैंकको गलतीका कारण यस्तो भएको बताए ।

पाँच वर्षसम्म अस्ट्रेलियाको केमिकल इन्जिनियरिङकी विद्यार्थी लीलाई बैंकरप्ट घोषित गर्‍यो ।

वेस्टप्याकका एक प्रवक्ताले बैंकले पैसा उसुल्न सम्भव भएसम्मका प्रयास गर्‍यो । सिडनी मर्निंङ हेराल्डका अनुसार पछिल्लो वर्ष न्यायधिसले अभियोजहरुलाई यो खर्च गैरकानुनी नभएको बताएका थिए ।

न्यायधिस लिसा स्ट्यापलेटनले भने, “यो अपराधको कमाई होइन, यत्रो रकम पाउनु सबैको सपना हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.