पेट्रोल-डिजेलको भाउ बढ्ने निश्चित, सन् २०१८ सम्म तेल उत्पादनमा कटौती गर्ने सहमती

  २०७४ मंसिर १५ गते १७:३९     एजेन्सी

भियना । अर्गेनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कंट्रिज (ओपेक) ले विहिबार बसेको १७३ औं बैठकमा सन् २०१८ सम्म तेलको उत्पादनलाई कटौती गर्ने निर्णय गरेको छ ।

लगातार ओरालो लागिरहेको कच्चा तेलको भाउ नियन्त्रण गर्ने उद्येश्यले ओपेकले यस्तो निर्णय गरेको हो । यसको सिधा मतलब आगामी दिनमा कच्चा तेलको मूल्य बढ्ने सम्भावना देखिएको छ । नेपालमा पेट्रोल तथा डिजेलको मूल्यमा यसको असर पर्ने निश्चित देखिएको छ ।

ओपेक संसारका पेट्रोलिय पदार्थ निर्यात गर्ने राष्ट्रहरुको ठुलो संगठन हो । यसमा मध्यपूर्वी क्षेत्रका १५ सदस्य मुलुकहरु आबद्ध छन् ।

ओपेकको भियानास्थित हेडक्वार्टरमा भएको मिटिङमा घंटौंसम्मको बहसपछि यस्तो सहमती जुटेको हो । यद्यपी लिबियाको तेल नियन्त्रणका लागि उत्पादन कटौती आवश्यक छ/छैन भन्ने बारे अझै सहमती भएको छैन । लिबिया अहिले आन्तरिक अस्थिरताबाट गुज्रीरहेको छ । १४ सदस्यीय ओपेक र गैर-ओपेक मेम्बरसँग संयुक्तरुपमा उत्पादन कटौतीमा बैठक गरिरहेका छन् । गैर-ओपेक देशहरुका नेतृत्व रुसले गर्नेछ । रूसले यही वर्ष ओपेक देशहरुसँग मिलेर उत्पादन कटौती गरेका थिए । यो कदम घाटामा गइरहेको अन्तराष्ट्रिय कच्चा तेल बजारलाई उतार्नका लागि चालिएको हो ।

यसअघि सन् १९७० मा ओपेकले तेल उत्पादनमा कटौती गरेको थियो । जसले तेलको मूल्य अचानक आकाशिएको थियो ।

अन्तराष्ट्रीय बजारमा कच्चा तेलको मुल्य प्रति ब्यारेल ६० अमेरिकी डलरसम्म पुगेको छ । उत्पादन कटौंती गर्ने सम्झौतामा अमेरिकाको सहभागिता छैन । त्यसैले माग पुरा गर्न अमेरिकाले आफ्नो उत्पादन बढाउने तर्फ रुसको संशय रहेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नियन्त्रण गर्ने यो तरिक यो ओपेक मै निर्भर छ । यदी दुवै पक्ष (ओपेक र नन ओपेक) बीच सहमति बन्यो भने अन्तराष्ट्रीय बाजारमा तेलको भाउ बढ्ने निश्चित नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.