सेजन अवार्डबाट ५ आर्थिक पत्रकार सम्मानित

  २०७४ मंसिर १५ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेमा नागरिक दैनिकका दिलिप पौड्याल, कान्तिपुर दैनिकका कृष्ण आचार्य, राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सीताराम विलासी रहेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रोत्साहन पुरस्कारबाट क्यापिटल म्यागेजिनका विनय बन्जारा सम्मानित भएका छन् ।

पौड्यालले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा भएको भ्रष्टचारको विषयमा नियमित रुपमा समाचार संम्प्रेषण गरेका थिए । आचार्यको रामदेवले अनुमति विना नेपालमा लगानी गरेको भन्ने समाचारले सो अवार्ड प्राप्त गरेका हो ।

यस्तै भट्टराईले मलेशियामा कार्यरत नेपाली कामदारको अवस्थाको विषयमा र कर्पोरेटका विलासीले बुढीगण्डकी आयोजना चाइना गेजुवा ग्रुपलाई दिएर नीतिगत भ्रष्टचार गरेको समाचारलाई प्रदान गरिएको हो । यस्तै बन्जाराले अवैध विटक्वाइनका कारोबार विषयमा समाचार लेखेवापत पुरस्कृत भएका हुन् ।

सो अवसरमा सेजनले वार्षिक रुपमा प्रकाशित गर्दे आएको अर्थनीतिको उपाध्यक्ष वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.