वाणिज्य बैंकले राष्ट्र बैंकबाट २ अर्ब ५० करोड उठाए

  २०७४ मंसिर १३ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकले बुधबार साढे २ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भई अन्तर बैंक ब्याज दर बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन रिपो निष्कासन गरेको थियो ।

४ वाणिज्य बैंकले साढे २ अर्ब रुपैयाँ लिएको केन्द्रीय बैंकले जनाएको छ । अन्तर बैंक ब्याज दर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्न मंगलबार र बुधबार गरी २० अर्ब रुपैयाँको रिपो निष्कासन गरेको हो । मंगलबार निष्कासन गरेको भन्दा बढी खरिद भएपछि बुधबार पनि केन्द्रीय बैंकले पुनः रिपो निष्कासन गरेको थियो ।

१० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । राष्ट्र बैंकले बजारमा साढे १२ अर्ब रुपैयाँ पठाएपछि बजारमा झण्डै २५ अर्ब रुपैयाँ हारहारीमा तरलता पुगेको छ । १० अर्ब मध्ये साढे २ अर्ब रुपैयाँ मात्र बैंकले उठाएपछि तरलता समस्याको समधान भएको छ ।

बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न रिपोमार्फत पैसा बजारमा पठाएको हो ।
ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.