एनआईबीएल र एस क्यापिटलले मर्जरमा जान मंसिर २९ गते बोलाए विशेष साधारणसभा

  २०७४ मंसिर १३ गते ११:४४     विकासन्युज

काठमाडौं । दुई मर्चेन्ट बैंकर एकआपसमा (मर्जर) गाभिने भएका छन् । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्जरमा जान मंसिर २९ गते विशेष साधारणसभा बोलाएका छन् ।

दुबैको सञ्चालक समितिले निर्णय गरे बमोजिम १ बराबर १ अनुपातमा सेयर स्वामित्व (स्वाप रेसियो) रहने गरी मर्जरमा जाने प्रस्ताव साधारणसभामा पेश हुने भएको छ ।

मर्जरपछि कम्पनीको नाम एनआईबीएल एस क्यापिटल लिमिटेड रहने भएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि दुबै संस्था मर्जरमा जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.