बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलाम हुदै, मंसिर २९ सम्म बोलपत्र पेश गर्न पाइने

  २०७४ मंसिर ११ गते १०:४५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ ।

बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर मंसिर २९ गतेसम्म लिलामीबाट बिक्री गर्न लागेको हो ।

मंसिर २२ गतेदेखि सेयर खरिदका लागि बोेलपत्र पेश गर्न पाइने छ ।

संस्थापक सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.