कसले किन्यो एकै दिन २२ करोडको सेयर ?

  २०७४ मंसिर ९ गते १२:५३     विकासन्युज

 

काठमाडौं । गत बिहीबार एकै दिनमा साना विकास विकास बैंकको संस्थापक सेयर २२ करोड मूल्य बराबरको किनबेच भएको छ ।बैंकको प्रतिकित्ता ९ सय रुपैयाँमा २१ करोड ९९ लाख १५ हजार ९ सय रुपैयाँको २ लाख ४४ हजार ३५१ कित्ता नेपाल बैकको संस्थापक सेयर किनबेच भएको हो ।

यो सबै सेयरको बिक्रि ३४ नम्बर ब्रोकरबाट भएको छ भने ४० नम्बर ब्रोकरबाट खरिद भएको देखिन्छ । सेयर १९९ जनाले खरिद गरेका थिए । बिहीबार साना किसानको संस्थापक सेयरले कारोबार बढाएको छ । बजार १३ अंकले बढेको थयो । सो दिन ६८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

एउटै कम्पनीको सेयर कारोबार १९९ पटक हुनु, एउटा ब्रोकरबाट मात्रै बिक्रि हुनु र अर्काे एउटाबाट मात्रै खरिद हुनुलाई संस्कास्पद मानिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.